Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

डडेल्धुरामा पनि उत्साहजनक रुपमा विभिन्न राजनीतिक दलले मनोनय दर्ता गराए

Monday, June 19, 2017 National Power

५ असार, डडेल्धुरा – दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा उत्साहजनक रुपमा विभिन्न राजनीतिक दलले मनोनय दर्ता गराएका छन् ।

दुई नगरपालिका र पाँच गाउँपालिका भएको डडेल्धुरामा उम्मेदवारले बाजगाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चालगायत दल र स्वतन्त्रले पनि विभिन्न स्थानीय तहका विभिन्न पदमा मनोयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सात वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरिले बताए। बिहान ८ देखि अपराह्न ५ बजेसम्म मात्रै मनोनयन दर्ता गर्ने भनिए पनि दलहरुको तयारी नहुँदा मनोनयन दर्तामा ढिलाइ भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।निर्वाचन अधिकृतको कार्यालय परिसरभित्र प्रवेश गरेका उम्मेदवारले साँझ अबेरसम्म मनोनयन दर्ता गर्न सक्ने व्यवस्था छ । जिल्लामा १३ राजनितिक दलले दर्ता गराएका थिए ।