Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

राजपाका ३० जना कार्यकर्ता पक्राउ

Sunday, June 18, 2017 National Power


४ असार, परासी – नवलपरासीबाट राजपाको जिल्ला संयोजक पुरन चौधरीसहित विभिन्न ३० जना कार्यकर्र्ता नेपाल प्रहरीले पक्राउ गरेको छ । गएराती प्रहरीले राजपा नवलपरासीका संयोजक र शिर्ष नेतासहित विभिन्न ३० अगुवा कार्यकर्र्ता पक्राउ गरेको हो । उनीहरुलाई सुनवल र बर्दघाट ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

शनिवार दिउँसो परासीमा राजपाद्धारा आयोजित विरोध सभा चल्दै थियो । राजपाका कार्यकर्ताले एमालको टिर्सट जलाउने क्रममा प्रहरी र कार्यकर्तावीच झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले करिब १ दर्जन आश्रु ग्यास र अनुमानित ५ राउण्ड रबर गोली फायर गरेको थियो जुन गोली लागेर जिल्लाका ४ जना कार्यकर्ताहरु घाईते भएका छन् ।

शनीवार एक घण्टा तनाव ग्रस्त बनेको सदरमुकाम परासीको अवस्था सहज हुदै गएपछि प्रहरीले ती नेता एवं कार्यकर्ताहरुलाई धरपकड गर्न सुरु गरेको थियो । आज उम्मेदवारको मनोनयन गर्ने दिन हो । मनोनयन दर्ता कार्यक्रम बिथोल्न राजपाको योजना रहेपछि प्रहरीले ती नेता एवं कार्यकर्ताहरुलाई पहिलै नै पक्राउ गरेको हो आज परासी क्षेत्र पुर्ण रुपमा बन्द छ ।