Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राष्ट्रपति भण्डारी आजै नेपाल फर्कने

Sunday, June 18, 2017 National Power

४ असार – युएई स्थित नेपाली दूतावासको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेको छ ।
स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा सहभागी भएर फर्किने क्रममा आइतबार बिहान आबुधावीमा उनलाई दूतावासका कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन र द्वितीय सचिव कृष्ण अर्यालले स्वागत गरे ।
राष्ट्रपति भण्डारी आइएलओको १०६ औं सेसन अन्तर्गतको अलग्गै बैठक ‘वल्र्ड अफ वर्क समिट’ मा सहभागी हुन गएको मंगलबार स्विट्जरल्यान्डको जेनेभा गएकी थिइन । उनी आइतबार दिउँसो ४ बजे इतिहाद एयरवेज मार्फत नेपाल फर्किदै छिन ।