४ असार, कञ्चनपुर – पत्रकार रिहाईको माग गर्दै कञ्चनपुरका पत्रकार बिरोध स्वरुप धर्नामा बसेका छ्न्। पत्रकार खेम भण्डारी र गणेश भट्टको निशर्त रिहाइको माग राखी पत्रकार जिल्ला प्रसासनमा धर्नामा बसेका हुन् । बिहान १० बजेदेखि पत्रकारहरु नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाशबिक्रम शाहको अगुवाइमा धर्नामा बसेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महेन्द्र पाण्डेय नेतृत्वमा दैनिक मानसखण्डको कार्यालय पुगेको २०–२५ जनाको प्रहरी टोलीले सम्पादक भण्डारीलाई दिउँसो सवा १२ बजे कार्यालयबाटै नियन्त्रणमा लिएको हो भने कार्यकारी सम्पादक भट्टलाई महेन्द्रनगर सब्जीमण्डी स्थित गोल बजारबाट दिउँसो ४ बजेतिर नियन्त्रणमा लिएको हो ।पत्रकार भण्डारीलाई प्रहरीले झुटो मुद्धा लगाउन गरिरहेको चलखेल प्रति दुःख ब्यक्त गर्दै उनीहरुलाई तत्काल निर्शत रिहाको माग गर्दै पत्रकारहरु आन्दोलन थालेका हुन । कञ्चनपुर प्रहरीको ज्यादती विरुद्धको समाचार लेखेकै भरमा प्रहरीले दुवै जनालाई शनिवार फरक फरक स्थानबाट पक्राउ गरेको थियो ।