Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार बेपत्ता

Sunday, June 18, 2017 National Power

४ असार, इलाम – इलाम नगरपालिका–१२ का लागि नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् ।पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् । बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र, इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए । उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । वडाध्यक्ष राईको मोबाइलमा फोन लागे पनि फोन नउठेको माओवादी केन्द्रले जनाएको छ ।