४ असार, रुपन्देही – रुपन्देहीको समरीमाइ गाउँपालिकामा राष्ट्रिय जनता पार्टी राजपाका नेता, कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।गाउँपालिकाको अध्यक्षमा अशोक सुक्ल र उपाध्यक्षमा कमरउद्दिन खाँले उम्मेदवारी दर्ता गराएका छन। उनीहरुको समूहले गाउँपालिकाको ७ वटै वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जनाएका छन् ।राजपाले चुनावमा भाग नलिने भन्दै आन्दोलन थालेपछि असन्तुष्ट नेता कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।