Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दोस्रो चरणको स्थानीय चुनावका लागि ३५ जिल्लाका ३३४ स्थानीय तहमा आज मनोनयन दर्ता हुँदै

Sunday, June 18, 2017 National Power

४ असार, काठमाडौं – दोस्रो चरणको स्थानीय तह चुनावका लागि आइतबार उम्मेदवार मनोनयनका दर्ता हुँदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मनोनयन दर्ता हुँदैछ । एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको चुनावबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।
देशभर ४ हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र रहने दोस्रो चरणको चुनावमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको चुनावका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ ले व्यवस्था गरेअनुसार स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ ।

दलकातर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुखरउपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिएका छन् । उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा कसैले पनि अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने आयोगले जनाएको छ ।उम्मेदवारी दर्तास्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन र उम्मेदवारी दर्ता सहज, सरल एवम् सुरक्षित ढङ्गले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई पनि निर्देशन दिइसकिएको जनाइएको छ ।आयोगले दोस्रो चरणको निर्वाचनमा प्रदेश नं १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले झण्डै आठ हजार ३५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको छ ।दोस्रो चरणको चुनावमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका झण्डै सात हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइसकेको छ भने कूटनीतिक नियोगका सदस्यहरूलाई देशका विभिन्न आठवटा सहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाएको छ ।