Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा, एकको मृत्यु, दुई जना घाइते

Friday, June 16, 2017 National Power

२ असार, लहान – सिरहाको पूर्व पश्चिम सडकअन्तर्गत लहान नगरपलिका–१२ भोटियाटोल सडक खण्डमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सडक किनारमा रोकेर राखेको स १ त १९५९ नम्बरको ट्रयाक्टरमा गएराति १० बजेतिर बा ३६ प ४८९५ मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। गम्भीर घाइते भएका मोटरसाइकल चालक लहान नगरपालिका–१२ भोटिया टोलका २२ वर्षीय सञ्जित साहको उपचारको क्रममा लहानस्थित फ्रेण्ड्स मोडल अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको हो।

मोटरसाइकल पछाडि बसेका भोटिया टोलका २० वर्षीय देवकुमार ठाकुर र १९ वर्षीय बालकृष्ण चौधरीलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।