Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

दुई नम्बर प्रदेशको चुनावको मिति सारिएपछि सप्तरीबासी निराश

Friday, June 16, 2017 National Power

२ असार, सप्तरी – दुई नम्बर प्रदेशको चुनावको मिति सारिएपछि स्थानीय राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । यी प्रदेशको पूर्वी जिल्ला सप्तरी र सिराहाका सत्तासीन राजनीतिक दलका नेताहरुले समेत चुनाव सारिनु ठीक नभएको प्रतिक्रिया दिएका छन् ।

केही नेताहरुले वर्तमान स्थितिको आंकलन गर्दै चुनाव सारिएकाले अब समस्याको समाधान पनि हुने विश्वास व्यक्त गरेका छन् । यद्यपि प्रमुख प्रतिपक्षी र चुनावको अन्तिम तयारी गरिसकेको संघीय समाजवादी फोरम नेपालका नेताहरुले चुनाव सार्नुलाई सरकारको निरिहता भनेका छन् । यसले सरकारको चुनाव गराउने मनस्थिति नदेखिएको उनीहरुको प्रतिकृया छ ।