Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

समिरा श्रेष्ठ भईन नेपाल्स चबी मोडलको बिजेता

Friday, June 16, 2017 National Power


असार, काठमाडौँ – नेपालमै पहिलो पटक सिद्दि मिडिया प्रा.लि.ले आयोजना गरेको नेपाल्स चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको बिजेता बनेकी छिन । समिरा श्रेष्ठ बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अन्य १५ जना प्रतियोगीहरुलाई पछि पार्दै समिरा श्रेष्ठले उक्त ताज जित्न सफल भएकी हुन भने फर्स्ट रनरअप मिनु तामाङ र सेकेण्ड रनरअपमा कृति बर्तौलाले उपाधि हात पार्न सफल भएका छन त्यसैगरी अन्य विधा तर्फ बेस्ट वाल्क र मिस फोटोजेनिक समिरा श्रेष्ठ, मस्ट ईन्स्पाईरिङ्ग मिनु तामाङ, बेस्ट एक्सप्रेसन सुनिता नेपाल, बेस्ट स्किन प्रेरणा श्रेष्ठ, मिस ड्यासिङ्ग रितु कपाली, बेस्ट हेयर सिमा बोम्जन, बेस्ट स्माईल मेनका जोशी, मस्ट फ्रेन्डली निकिशा दंगाल, मिस बब्लि र मिस मल्टिमिडिया च्वाइस कृति बर्तौला, मस्ट ट्यालेन्ट सगुन गुरुङ, मस्ट पंगचुअल र मिस कन्फ़िडेण्ट सपना राइ, मस्ट स्ट्यालिस क्यारिना शाक्य, बेस्ट डिसिप्लिन नाबिता गुरुङ, मिस पपुलर र मस्ट ओबिडेण्ट सामन्ता गौतम, मस्ट सिन्सियर सिवानी खरेल र मस्ट चार्मिंगमा सबु महर्जनले उपाधि हात पार्न सफल भएका छन ।
पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१७ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको र उक्त कार्यक्रम सभ्य तथा भब्य तबरले सम्पन्न गरिएको जानकारी सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन ।


उक्त प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, चर्चित कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा, मोडल आश्मा गिरि तथा निर्माता सुमन काजि बिष्ट रहेका थिए । पुर्ब मन्त्रि जयन्त बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्म उक्त सौन्दर्य प्रतियोगितामा पुर्ब प्रहरी महनिरिक्षक मोतिलाल बोहोरा बिसेष अतिथि रहेका थिए । त्यसैगरि युवा ब्यबसायी तथा समाजसेवी गीता अच्छामी, फेसन डिजाइनर काजल थापा, हास्य कलाकार महादेव त्रिपाठी, गायक रमेश श्रेष्ठ मेलोडी, महेश चौधरी, राजु शाही, मिस्टर नेपाल गणेश अग्रवाल लगायतका महानुभाबहरु अतिथिमा रहेका थिए ।
उक्त सौन्दर्य प्रतियोगितामा क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाइ उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको र यस सौन्दर्य प्रतियोगिताले गर्दा समाज परिबर्तनमा सकारात्मक संदेश पुग्ने कुरा सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताए । उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर नेपाल्स स्टार मोडलका बिजेता द्वय आशिष कुमार मिश्र र अप्सरा थापाले गरेका थिए ।