Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

जीप दुर्घटना हुँदादुईजनाको मृत्यु

Thursday, June 15, 2017 National Power

१ असार, बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । बैतडीको सुल्यखानबाट कुस्माघाटका लागि छुटेको से १ त ११५८ नंबरको जीप सडकबाट खस्दा दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा जीप चालक कैलालीका शिवराज चौधरी र बैतडीको शिवनाथ गाउँपालिकाका लालसिंह महता रहेका छन् । दुर्घटनामा घाइते भएका हरिदत्त भट्टको उपचार भइरहेको छ । गुडिरहेको बेलामा टायर पञ्चर हुँदा जीप पल्टिएको प्रहरीले जनाएको छ ।