Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

६ वटा स्थानीय तहलाई अति संवेदनशील घोषणा

Thursday, June 15, 2017 National Power

१ असार, रुपन्देही – रुपन्देहीका ६ वटा स्थानीय तहलाई अति संवेदनशील घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले दक्षिणी क्षेत्रका लुम्विनी साँस्कृतिक नगरपालिका तथा कोटरीमाई, मर्चवारी, मायादेवी, रोहिणी र समरीमाई गाउँपालिकालाई अति संवेदनशील क्षेत्रको सूचिमा राखेको हो ।

भारती सीमा क्षेत्रमा रहेका यी सबै स्थानीय तह आन्दोलनरत दल राजपाको प्रभाव क्षेत्रको रुपमा छन् । सैनामैना, देवदह तथा सिदार्थनगर नगरपालिकाका साथै सियारी, ओमसतिया, कञ्चन र गैडहवा गाउँपालिकालाई संवेदनशीलको सूचिमा राखेको सुरक्षा समितिको बैठकले बुटवल उपमहानगरपालिकालाई भने सामान्यको सूचिमा राखेको छ । रुपन्देहीमा एक उपमहानगरपालीका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह छन् ।