Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

चुनावका बारेमा आज पनि प्रधानमन्त्री देउवाले छलफल गर्ने

Thursday, June 15, 2017 National Power

१ असार, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे बिहीबार पनि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै छन ।
राजपा चुनावमा सहभागी भएको अवस्थामा उम्मेदवार मनोनयनको समय केही दिन थप गर्ने लगायत विषयमा परामर्श गर्न लागेका हुन । आयोगले उम्मेदवार मनोनयनका लागि शुक्रबारको समय तोकेको छ । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताले बिहीबार राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँगपनि छलफल गर्दैछन् ।
संविधान संशोधन लगायत माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने र चुनाव बिथोल्ने राजपाको निर्णय पछि सत्तारुढ दल र मुख्य विपक्षी एमालेले समेत राजपालाई मनाउन प्रयास गरिरहेका छन् ।