Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

भाइरल ज्वरोका कारण तीनजनाको ज्यान गयो

Thursday, June 15, 2017 National Power

१ असार, डोल्पा – डोल्पा जिल्लामा भाइरल ज्वरोको प्रकोपका कारणले तीनजनाको ज्यान गएको छ। तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीनजनाको ज्यान गएको हो भने त्यस्तै अरु धेरैमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको छ ।

भाइरल ज्वरोकै कारण मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको ज्यान गएको हो ।

तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरु भइकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा. श्रीकान्त अग्रवालले जानकारी दिए ।