Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राजपा नेपाललाई चुनावमा ल्याउन सरकार र प्रमुख दलहरुले अन्तिम कसरत गर्ने

Wednesday, June 14, 2017 National Power


३१ जेठ, काठमाडौं – चुनाव बहिष्कारको घोषणासहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा ल्याउन सरकार र प्रमुख दलहरुले बुधबार अन्तिम कसरत गर्ने भएका छन्। सहमतिको प्रयासस्वरुप अपराह्न ४ बजे राजपा नेताहरुलाई छलफलका लागि सिंहदरबार बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ। राजपालाई कसरी चुनावमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा मंगलबार प्रमुख चार दलबीच छलफल भएको थियो। सिंहदरबारमा भएको छलफलमा राजपाले चुनावमा आउने लिखित प्रतिबद्धता जनाए चुनावपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउने विषयमा समझदारी भएको नेताहरुले बताएका छन्। बैठकबाट बाहिरिने क्रममा माओवादी नेता वर्षमान पुनले भनेका थिए, आजको छलफलमा राजपाले चुनावमा भाग लिने लिखित प्रतिबद्धता व्यक्त गरेमा उसले उठाएका मागहरु वा अप्ठेरो फुकाउने विषयमा सहमति भएको छ। यस विषयमा छलफल गर्न भोलि ४ बजे राजपासहितको सर्वदलीय बैठक बस्नेछ। प्रमुख दलहरुले मंगलबार भएको समझदारी अनुसार नै राजपालाई फकाउने अन्तिम प्रयास गर्न लागेका हुन्। यद्यपी राजपाका नेताहरु भने आन्दोलनका लागि आजै राजधानी बाहिर जाने तयारीमा छन्। जसका कारण बैठक बस्ने नबस्नेमै अन्योल छ।