Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

पैदलयात्रुको २०० जरिवाना हट्यो तर, क्लास लिनु पर्ने

Tuesday, June 13, 2017 National Power

२९ जेठ, काठमाडौं – चर्को आलोचनापछि जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग लिइदै आएको २०० रुपैयाँ जरिवाना हटेको छ । तर, कारबाही प्रक्रिया रोकिने छैन ।

गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेका थिए । गृहमन्त्री शर्माको निर्देशन पछि नगद जरिवाना हटाइएको हो ।

अब जथाभावी सडक पार गर्नेलाई जरिवाना नगर्ने तर, क्लास लिनु पर्ने व्यवस्था गर्ने ट्राफिक प्रहरी महाशाखाको तयारी छ । महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले अनलाइनखबरसँग भने, ‘जथाभावी सडक पार गर्नेहरु धेरै नै घटेका छन् । अब हामी जरिवाना हटाउँछौं । तर, क्लास लिनुपर्छ ।’

जेठ १६ गतेबाट सुरु भएको यो कारबाहीमा झण्डै २० हजार पैदलयात्रु परिसकेका छन् ।

ट्राफिकको अभियान राम्रो भएपनि पर्याप्त जेब्राक्रसिङ नै नभएको र जनचेतनामूलक कार्यक्रम नै नगरी जरिवाना गर्न थालिएको भन्दै आलोचना भएको थियो ।