जेठ ३०, लहान – नेपाल पत्रकार महासङ्घ सिरहाको लहानमा सोमबार सम्पन्न ८आँैं जिल्ला अधिवेशनले दिनेश्वरप्रसाद गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रामबाबु यादव निर्वाचित भएका छन् । समावेशी महिला उपाध्यक्षमा रिङ्कु दास, सचिवमा रोयन्टर मण्डल, सहसचिव आशिष विश्वकर्मा र जागेश्वर यादव तथा कोषाध्यक्षमा मनोज बनैता चयन भएका छन् ।
यस्तै समितिको सदस्यमा शिवदयाल यादव, रामभरोसी यादव, अर्जुन गुप्ता, विनय गौतम, सुरेन्द्र कामति, उषा यादव, हरिभक्त लामा, सुचिता यादव र दुर्गा परियार सर्वसम्मत चयन भएका छन् । प्रदेश पार्षदमा भोगेन्द्र साह, शिवकुमार साह, एम महतो, वीरेन्द्र कर्ण, फिरोज सिद्दिकी, वीरेन्द्र नेपाल, रेहान राजा, दिनेश दास, गोपिनाथ मिश्र, रामनारायण यादव, रमेश श्रेष्ठ, राजेन्द्र महतो र वीरेन्द्र यादवलाई चयन गरेको छ ।
यसैगरी केन्द्रीय पार्षदमा चन्द्रदेव कामती, देवकुमार यादव, सन्तोष सुवेदी, भरतजर्घा मगर, मणिलाल विश्वकर्मा, हिरालाल चौधरी, परमेश्वर साह, कञ्चनकुमारी मिश्र र अमिता कर्णलाई चयन गरिएको छ ।