Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा

Tuesday, June 13, 2017 National Power

जेठ ३०,मनाङ –  हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ ।

गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ । यस्तो हिमपहिरोसँगै बगेर आउने ढुङ्गा माटोले ताल पुरिँदै गइरहेको छ । तालको वरिपरि रहेका हिमनदीका हिउँ पग्लिएर कालापत्थरहरु उजाड देखिन थालेका छन् । झनै हिमपहिरोबाट बगेर आएका बगरहरुले तालको शोभा घटाउनुका साथै तालको आकार साँघुरो पार्दै लगेको छ ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक मनाङ गाउँ आएपछि दुईदिन आराम गर्दा यस तालको वरिपरि गएर हिमनदी र अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । यस्ता प्राकृतिक सम्पदाको जगेर्नामा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी बताउँछन् ।