Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

जंगली च्याउ खाँदा एक बालकको मृत्यु

Monday, June 12, 2017 National Power

२९ जेठ, पाल्पा – जंगली च्याउ खाँदा पाल्पामा एक बालकको ज्यान गएको छ । दुईजना गम्भीर बिरामी परेका छन् ।

गएको शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका निस्दी गाउँपालिका–४ मित्यालका चारवर्षका उमेश गाहाको आइतबार बेलुका लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको हो ।
च्याउ खाएर बिरामी भएका उमेशकी हजुरआमा ४५ वर्षिया रिखिसरा गाहा र ठूलीआमा २२ वर्षिया यानमायाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ ।छिमेकी युवराज गाहाका अनुसार गाउँ नजिकै जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेको खवर गाउँलेले एक दिन पछि मात्रै थाहा पाएका थिए ।