२९ जेठ, पाल्पा – जंगली च्याउ खाँदा पाल्पामा एक बालकको ज्यान गएको छ । दुईजना गम्भीर बिरामी परेका छन् ।
गएको शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका निस्दी गाउँपालिका–४ मित्यालका चारवर्षका उमेश गाहाको आइतबार बेलुका लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको हो ।
च्याउ खाएर बिरामी भएका उमेशकी हजुरआमा ४५ वर्षिया रिखिसरा गाहा र ठूलीआमा २२ वर्षिया यानमायाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ ।छिमेकी युवराज गाहाका अनुसार गाउँ नजिकै जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेको खवर गाउँलेले एक दिन पछि मात्रै थाहा पाएका थिए ।