Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दोस्रो चरणको चुनावको तयारी अन्तिम चरणमा

Monday, June 12, 2017 National Power

२९ जेठ, काठमाडौं – चारवटा प्रदेशमा आउँदो असार १४ गते हुने स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीसहित आवश्यक सामग्री पुगिसकेको, दोस्रो चरणको चुनावका लागि आउँदो २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश नं। १, २, ५ र ७ का चारसय ६१ स्थानीय तहमा १४ गते चुनाव हुन लागेको हो । दोस्रो चरणको चुनावका लागि ११ हजार ९ सय भन्दा धेरै मतदान केन्द्र तोकिएका छन् ।
यसैबिच दल दर्ताको लागि छुटेकाहरुले निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने आज अन्तिम दिन हो । राष्ट्रिय जनता पार्टी राजपालाई चुनावमा सहभागी गराउन निर्वाचन सम्बन्धी ऐन संशोधन गरेर हस्ताक्षर बुझाउने मौका दिइएको हो ।