धादिङ, जेठ २९ – धादिङको धादिङबेसीको बजारमा गएराति आगलागी भएको छ । बजारका प्रेम श्रेष्ठको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ ।
घरमा रहेको कस्मेटिक पसल तथा फर्निचर सबै नष्ट भएको प्रहरीले जनाएको छ । बारुण यन्त्र, प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।