Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

सडक दुर्घटनामा परी १९ को मृत्यु

Monday, June 12, 2017 National Power

२९ जेठ, नयाँदिल्ली -उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ ।

मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताएका छन् । यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु राजस्थानको एउटा चर्चित मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका थिए । सबै शव पानीबाट बाहिर निकालिएको छ । मृत्यु हुनेमा दुई जना बालबालिका समेत रहेका छन् ।

त्यसैबीच भारत कै पश्चिमी प्रदेश महाराष्ट्रमा भएको अर्को सवारी दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार विहान ०५ः३० बजे दुर्घटनामा परेको निजी यात्रुबहाक बस प्रदेशको राजधानी मुम्बइबाट लाटुर तर्फ जाँदै थियो । बिड जिल्लाको धनोरा गाउँमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी महेश टकले जानकारी दिए । बस तिव्रगतिमा भएकाले चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको उनले बताए।

मृत्यु भएका सबै जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई स्थानीय अहमेद नगर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सिन्ह्वा