Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ

Sunday, June 11, 2017 National Power

२८ जेठ, भोजपुर – आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचन सहजरुपमा गर्न र निर्वाचन हित विपरीत गतिविधि हुन नदिन विशेष सुरक्षा अपनाएको हो ।
सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई २४सै घन्टा तैनाथ गरिएको सुरक्षा समितिका सदस्य एवम् प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

५६ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिले संवेदनशील केन्द्र भनेको छ । अन्य ८५ केन्द्र भने सामान्य रहेका छन् । संवेदनशील केन्द्र भनिएका चार नेपाल प्रहरी र पाँच म्यादी प्रहरी खटिने भएका हुन् । यसैगरी बाहिरी घेरामा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको मोबाइल टोली खटाइने भएको छ ।निर्वाचनमा थप सुरक्षाका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टरले सुरक्षा दिने व्यवस्था गरिएको छ । भोजपुरका ८१ वडामा ५२ हजार १६ महिलासहित एक लाख पाँच हजार ५५४ मतदाता रहेका छन् ।