Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

कांग्रेस जिल्ला सचिवसहित १९ जनासँग स्पष्टिकरण

Saturday, June 10, 2017 National Power

२७ जेठ, रुकुम – बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरी असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला समितिले १९ जना नेता तथा कार्यकर्तालाई स्पष्टिकरण सोधेको छ।

निर्वाचनमा पार्टीको निर्णय विपरीत गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै कांग्रेसले जिल्ला सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य सहित क्रियाशील सदस्यहरुलाई स्पष्टिकरण सोधेको हो। कांग्रेसले पार्टी विरोधी कार्यमा संलग्न कार्यकर्तालाई कारवाही गर्न ४ सदस्यीय अनुशासन विभाग समेत गठन गरेको थियो। जिल्ला सदस्य भीमवहादुर डाँगीको संयोजकत्वमा रहेको विभागले जिल्ला सचिव जनककुमार चन्द, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरतजंग मल्लसहित १९ जनालाई स्पष्टिकरण सोधेको हो। पार्टी सचिव जनक चन्दले बाफीकोट गाउँपालिको अध्यक्षका उम्मेदवार जनक कुमार बाठालाई हराउन माओवादीसँग मिलेको आरोप छ।

त्यस्तै रुकुम क्षेत्र नम्बर १ सभापति सुरतजंग मल्लले मुसिकोट नगरपालिकाका प्रमुखका उम्मेदवार महेन्द्र केसी र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार यज्ञ परियारलाई हराउन माओबादी सग मिल्नुका साथै त्यसका लागि पैसा समेत खर्च गरेको आरोप छ। त्यस्तै कांग्रेसका क्रियाशील सदस्य शिव आचार्य, पूर्व महाधिवेशन प्रतिनिधि टेकबहादुर पुन लगायतलाई पनि स्पष्टिकरण सोधिएको छ। स्पष्टीकरणमा सात दिनभित्र जवाफ दिन भनिएको छ। चित्त बुझ्दो जवाफ नदिएमा उनीहरुलाई पार्टीबाट निष्काशन सहितको कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरिने अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले जानकारी दिए। स्पष्टिकरण सोधिएका नेता कार्यकर्ताहरुले भने उल्टै प्रभावकारी नेतृत्व हुन नसक्दा रुकुमको चुनावमा नसोचेको हार भएको र त्यसका लागि नेतृत्वले नैतिकताका आधारमा पद छोड्नुपर्ने प्रतिक्रिया दिएका छन। स्पष्टिकरणमा परेका शिव आचार्यले आफ्नो फेसबुक मार्फत स्पष्टिकरण सोध्नेको राजिनामा माग गरेका हुन्।