२७ जेठ, उदयपुर – त्रियुगा नगरपालिका १० की शान्तिकुमारि शाहको शव भेटएको छ। २० दिनअघि हराएकी शाह शुक्रबार मृत फेला परेकी हुन्। भारतमा विवाह गरेकी शाह केही समय यता माइतीमै बस्दै आएकी थिइन्। २० दिनअघि हराएकी शाहको खोजतलासका क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न माइती पक्षका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। अनुसन्धानका लागि शाहकी भाउजु, भाइ र बहिनीलाई पक्राउ गरिएको बताइएको छ।