२७ जेठ, काठमाडौं – सरकारले दसैँअघि नै काठमाडौं बासिन्दालाई मेलम्चीको पानी वितरण गर्ने जनाएपनि अझै ३ हजार ९५ मिटर सुरुङ खन्न बाँकी छ । मेलम्चीको पानी दसैँअघि नै काठमाडौंमा ल्याउन असम्भव देखिएको हो ।
दैनिक १५-२० मिटर मात्र सुरुङ खन्ने काम भइरहेकाले मेलम्चीका अधिकारीले नै दसैँसम्ममा सुरुङ खन्ने काम पनि नसकिने बताउन थालेका छन् । काठमाडौं उपत्यकामा पाइप बिछ्याउन अझै ८५ किलोमिटर बाँकी छ ।
उपत्यकामा ६ सय ७० किलोमिटर पाइप बिच्छ्याउनुपर्नेमा अहिलेसम्म ५ सय ८५ किलोमिटर पाइप बिच्छ्याईसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।