२५ जेठ, झापा – झापामा बुधबार साँझ ९ वर्षीया बालिकाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
प्रहरीका अनुसार दमक-२ बस्ने हेमकर्ण दाहालकी छोरी गंगा दाहालको हत्या भएको हो ।आफ्नै घरभित्र बालिकामाथि धारिलो हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।
प्रहरी घटनास्थल पुग्दा बालिकाको टाउको, छाती र घाँटीमा धारितो हतियार प्रहार गरी हत्या भइसेको भेटिएको थियो ।
घटना भएको समयमा उनकी आमा घरमा थिइनन् भने बुबा ताप्लेजुङ गएका थिए । घरमा कोही नभएको मौका पारेर बालिकामाथि हतियार प्रहार भएको जनाइएको छ ।मृतक गंगा स्थानीय हिमालय मावि, कक्षा २ मा अध्ययनरत थिइन् ।