२४ जेठ, काठमाडौँ – नव निर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवालाई पहिलो गाँसमै ढुङ्गा लाग्ने जस्तै हुने भएको छ । पार्टी भित्रकै वरिष्ठ नेता रामचन्द्र पोडेल खेमाले सपथ समारोह वहिष्कार गर्ने निर्णय गरेसंगै देउवा अप्ठ्यारोमा पर्न लागेका हुन ।
आज विहान पौडेलको सम्पर्क कार्यालयमा पौडेल पक्षिय नेताहरुको भेलाले सभापति तथा नवनिर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवाले एकलौटी रुपमा मन्त्री छनौट गरेको भन्दै सपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय गरेको हो । साथै उक्त समूहले तत्कालै आफ्नो तर्फबाट मन्त्री समेत नपठाउने निर्णय गरेको जनाईएको छ ।
देउवाको सपथ ग्रहण समारोह अहिले दिउँसो १ः४५ बजे राष्ट्रपति भवनमा हुनेछ ।