Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ट्रक बम विस्फोटमा मारिनेको सङ्ख्या १५० पुग्यो

Wednesday, June 7, 2017 National Power

२४ जेठ, – काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तरराष्ट्रिय शान्ति सम्मेलनमा घानी उक्त जानकारी दिएका छन् । गत हप्ता भएको आक्रमण सन् २००१ पछि भएका हमलाहरुमा नै भीषण आक्रमण भएको जनाइएको छ ।

यस आक्रमणमा परी १५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, ३०० भन्दा बढी घाइते भएका घानीले बताएका छन् । घाइते हुनेमा जलेका र अङ्गविच्छेद भएकाहरुसमेत रहेका उनले सो सम्मेलनमा बताए । यसअघि आक्रमणमा परी ९० जना मारिएको जानकारी दिइएको थियो । यस भीषण आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर सरकारी अधिकारीले तालिवान आवद्ध हक्कानी सञ्जालले यो आक्रमण गराएको दाबी गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा शनिबार पनि एक अन्त्येष्टिलक्षित बम विस्फोट परी कम्तीमा सातको मृत्यु भएको थियो । यस घटनामा परी अन्य दर्जनौं सर्वसाधारण घाइते भएका थिए ।
एएफपी