Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

७ माघ भित्र तीनवटै चुनाव गर्ने प्रतिबद्धता:देउवा

Tuesday, June 6, 2017 National Power

२३ जेठ, काठमाडौं – मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि संसद बैठक सुरु भएको छ । बैठकमा अहिले प्रधानमन्त्रीका उमेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उमेदवारीको औचित्यबारे बोलिरहेका छन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन आफ्नो प्राथमिकता हुने र प्रदेश तथा संघीय (संसदीय)चुनाव पनि आगामी माघ ७ गतेभित्रै गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । संविधान संशोधन पनि आफ्नो प्राथमिकतामा पर्ने उनले बताए ।