Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

हावाहुरीले विद्यालयको छाना उडाएपछि अध्ययन प्रभावित

Tuesday, June 6, 2017 National Power

२३ जेठ, सल्यान – गएराति आएको हावाहुरीले शिशु जागरण मावि सल्यानको छाना उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको छ ।
वागचौर नगरपालिका–९ मा रहेको विद्यालय भवनको छाना उडाएपछि परेको अविरल वर्षाका कारण पढाइ प्रभावित भएको प्रअ केवलराम डाँगीले जानकारी दिए ।
हावाले विद्यालयको छानामा राखिएको दुई हजार चार सय वाटको सोलार प्यानल तथा विद्यालयमा रहेका अन्य विद्युतीय सामाग्रीमा समेत क्षति पुग्दा करिब रु पाँच लाखको नोक्सान पुगेको छ । गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले पनि भवनबाट विद्युतीय सामग्री बाहिर निकाल्न कठिनाइ भएको उनको भनाइ छ । विद्यालय हावाले उडाएपछि कक्षा ९ र १० का विद्यार्थीलाई समस्या भएको छ ।