Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

मापसे गरी सडकमा हिडिरहेको व्यक्तिलाई बचाउदा प्रहरीको मृत्यु

Tuesday, June 6, 2017 National Power

२३ जेठ, झापा – मादक पदार्थ सेवन गरी सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारी साधनको ठक्करले एक प्रहरी जवानको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवासको मृत्यु भएको हो। उनलाई गत जेठ १८ गते राति १० बजे पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो। सवारीको ठक्करबाट गम्भीर घाइते भएका खवासको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ खाएका अपरिचित व्यक्तिलाई सडक पार गराउने क्रममा प्रहरी जवान खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो।