Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन गराइने

Tuesday, June 6, 2017 National Power

२३ जेठ, काठमाडौँ – निर्वाचन आयोगले दोश्रो चरणअन्तर्गत आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका दिन नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन भ्रमण गराउने भएको छ ।

कुटनीतिक नियोगका सदस्यलाई प्रत्येक सहरका १२ देखि १५ मतदानस्थलमा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधिलाई प्रदेश नम्वर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर २ मा जनकपुर र बर्दिबास, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

सो दिन अवलोकन गर्न चाहने कुटनीतिक नियोगका सदस्यका लागि आवश्यक सवारी साधनको व्यवस्था सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट तथा अवलोकन गराउने मतदानस्थलको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीले टुङगो लगाउने छन् ।

आयोगले वैशाख ३१ मा सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका १२ वटा कुटनीतिक नियोगका सदस्यलाई काठमाडाँै उपत्यकामा मात्रै अध्ययन भ्रमणका लागि अनुमति दिएको थियो ।

सो क्रममा नेपालस्थित अस्ट्रेलिया, थाइल्यान्ड, फिनल्यान्ड, म्यानमार, पाकिस्तान, जापान, फ्रान्स, इजरायल, कोरिया, चीन, बङ्गलादेश र भारतीय राजदूतावासका प्रमुख एव्म प्रतिनिधिलाई निर्वाचनको अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाएको थियो ।

पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मुलुकका तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा भएको थियो । उक्त निर्वाचनमा ७४ प्रतिशत मतदाता सहभागी भएका थिए ।

दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहमा आगामी असार १४ गते बुधवार विहान ७ देखि अपरान्ह ५ बजेसम्म हुने छ । उक्त निर्वाचनका लागि ९० लाख ९७ हजार ५५७ मतदाता रहेका छन ।