Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

गुण्डा  नाइके राजु गोर्खाली र देबेन्द्र केसी पक्राउ

Monday, June 5, 2017 National Power

२२ जेठ, काठमाडौँ – काठमाडौं प्रहरीले गुण्डा नाइके राजु गोर्खाली र ‘गुरु’ उपनामले चिनिले देवेन्द्र केसीलाई नियन्त्रणमा लिएको छ । दुवैलाई राजधानीको सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छबिलाल जोशीले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर प्रमुखको रुपमा जोशीको सरुवा भएसँगै उनले गुण्डागर्दी बिरुद्ध अप्रेशन शुरु गरेका थिए । यसअघि दिकप मनाङ्गे, चक्रे मिलन लगायतका दर्जनबढी गुण्डालाई कारवाही गरेका जोशीले आज गोर्खालीलाई पक्राउ गर्नुको कारण खुलाउँदै भने, ‘यीनीहरु मोटाए कि दुब्लाए ? दाह्रा, नङग्रा पलाएको छ कि छैन हेर्नुपर्यो नी ’

सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौं मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएका गोर्खाली उक्त भवनमा पसलहरु भाडामा लगाउने र भाडा उठाउने काम गर्दै आएका थिए ।
सुन्धारा देखि चावहिलसम्म आफ्नो गुण्डागर्दीको धन्दा फैलाएका गोर्खाली बिरुद्ध सार्वजनिक अपराधमा म्याद लिएर अनुसन्धान गरिने एसएसपी जोशीले जानकारी दिए ।