Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

आगलागी हुँदा आठ चौपाया सहित दुई लाखको क्षति

Monday, June 5, 2017 National Power

२२ जेठ, सिरहा – सिरहाको लहान नगरपालिका १४ बस्तीपुरमा गएराति भएको आगलागीमा आठ चौपाया जलेर मरेका छन् भने मानवीय क्षति नभए पनि करिब दुई लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय प्रमोद यादवको गाईवस्तु बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुर (पत्करको आगो) बाट मध्यरातमा आगलागी भएको प्रहरी चौकी बस्तीपुरले जनाएको छ। मध्यरातमा सबैजना सुतेको समयमा भएको आगलागीमा बस्तुभाउ कराउन थालेपछि मात्र थाहा पाएलगत्तै उठ्दा आगो दन्किरहेकाले वस्तुभाउ खोल्न नभ्याएको यादवले बताए। आगलागी प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको स्थानीयले जानकारी दिए।