Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

३ बजेसम्मका लागि संसद बैठक स्थगित

Sunday, June 4, 2017 National Power


२१ जेठ, काठमाडौं – संसद बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा नमिलेपछि संसद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

शीर्ष नेतासँगको बैठकपछि प्रधानमन्त्री निर्वाचन कसरी अघि बढाउने भन्नेबारे उनले निर्णय गर्ने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको चुनाव गर्ने कार्यतालिका भएपनि एमालेले अवरोधलाई निरन्तरता दिने भएपछि अवरोध खोल्ने विषयमा सभामुख ओनसरी घर्तीले कार्यव्यवस्थाको बैठक बोलाएकि थिइन ।

भरतपुरमा पुनःमतदानको साटो मतगणनालाई नै निरन्तरता दिनुपर्ने भन्दै एमालेले संसद बैठक चल्न नदिएपछि नयाँ प्रधानमन्त्री चयन अनिश्चित बनेको छ । देशको ४० औँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवबरी परेपनि संसद अवरोध भएकाले चुनावी प्रक्रिया अनिश्चित भएको जनाइएको छ ।

सभामुख ओनसरी घर्तीसँग अवरोधका बिच प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, बैठक अवरोध गर्ने सांसदलाई मार्सल लगाएर बैठकस्थलबाट बाहिर निकाल्ने वा बैठक सार्ने तीनवटा विकल्प छन् ।

कांग्रेस सभापति देउवाका पक्षमा अहिलेसम्म कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८२, लोकतान्त्रिक फोरमका १७ र केही सानादल समेतका गरी ३ सय ११ जना सांसदको समर्थन रहेको कांग्रेसले जनाएको छ । संसदमा अहिले कायम रहेको ५ सय ९३ को बहुमत पुर्याउन २ सय ९७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

राप्रपा र राजपाले पनि प्रधानमन्त्रीमा देउवालाई सघाउने सम्भावना रहेको काँग्रेस नेताहरुले बताएका छन् । एकजनाको मात्र उम्मेदवारी परेपनि मतदान गर्नैपर्ने र मतदानमा उम्मेदवारले बहुमत सिद्ध गर्नैपर्ने नियम छ ।