Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

३ बजेसम्मका लागि संसद बैठक स्थगित

Sunday, June 4, 2017 National Power


२१ जेठ, काठमाडौं – संसद बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा नमिलेपछि संसद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

शीर्ष नेतासँगको बैठकपछि प्रधानमन्त्री निर्वाचन कसरी अघि बढाउने भन्नेबारे उनले निर्णय गर्ने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको चुनाव गर्ने कार्यतालिका भएपनि एमालेले अवरोधलाई निरन्तरता दिने भएपछि अवरोध खोल्ने विषयमा सभामुख ओनसरी घर्तीले कार्यव्यवस्थाको बैठक बोलाएकि थिइन ।

भरतपुरमा पुनःमतदानको साटो मतगणनालाई नै निरन्तरता दिनुपर्ने भन्दै एमालेले संसद बैठक चल्न नदिएपछि नयाँ प्रधानमन्त्री चयन अनिश्चित बनेको छ । देशको ४० औँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवबरी परेपनि संसद अवरोध भएकाले चुनावी प्रक्रिया अनिश्चित भएको जनाइएको छ ।

सभामुख ओनसरी घर्तीसँग अवरोधका बिच प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, बैठक अवरोध गर्ने सांसदलाई मार्सल लगाएर बैठकस्थलबाट बाहिर निकाल्ने वा बैठक सार्ने तीनवटा विकल्प छन् ।

कांग्रेस सभापति देउवाका पक्षमा अहिलेसम्म कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८२, लोकतान्त्रिक फोरमका १७ र केही सानादल समेतका गरी ३ सय ११ जना सांसदको समर्थन रहेको कांग्रेसले जनाएको छ । संसदमा अहिले कायम रहेको ५ सय ९३ को बहुमत पुर्याउन २ सय ९७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

राप्रपा र राजपाले पनि प्रधानमन्त्रीमा देउवालाई सघाउने सम्भावना रहेको काँग्रेस नेताहरुले बताएका छन् । एकजनाको मात्र उम्मेदवारी परेपनि मतदान गर्नैपर्ने र मतदानमा उम्मेदवारले बहुमत सिद्ध गर्नैपर्ने नियम छ ।