Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भारतीय हात्ती रोक्न विद्युतीय तारबार

Sunday, June 4, 2017 National Power

२१ जेठ, कञ्चनपुर – भारतीय दुधुवा नेसनल पार्कबाट आउने हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ ।

बर्सेनि दुधुवा नेसनल पार्कबाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने र मानवीय क्षतिसमेत गर्न थालेपछि नेकपा माओवादी केन्द्रका बिना मगरको पहलमा विद्युतीय तारबार गरिएको हो ।

तारबारका लागि शुक्लाफाँटा प्रकृति संरक्षण कोषबाट पाँच लाख, स्थानीय किसानको एक लाख ५० हजार र जनजागरण सामुदायिक वन उपभोक्ता समूहको ५० हजार गरी जम्मा सात लाखको बजेटमा सोलार प्यानल, इन्भर्टर र तार खरिद गरी माओवादी कार्यकर्ताको श्रमदानमा विद्युतीय तारबार राख्ने कार्य पूरा गरिएको निर्माण समितिका अध्यक्ष तुलसिंह सुनारले बताए । तारबार गरिएपछि हात्ती नियन्त्रणमा टेवा पुग्ने बताए ।