Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

प्रधानमन्त्री निर्वाचन आज , संसद् चल्न नदिने एमालेको अडान

Sunday, June 4, 2017 National Power

२१ जेठ, काठमाडौं – प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद्मा आज मतदान हुने भएको छ । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले कुनै पनि हालतमा व्यवस्थापिका–संसद्को बैठक चल्न नदिने अडान कायमै राखेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातेको विषयमा निर्वाचन आयोगले गरेको निर्णय अमान्य भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
नेकपा एमाले सर्वोच्च अदालत जाने बारे पनि आन्तरिक छलफलमा रहेको एक नेताले बताए ।  उनका अनुसार आज बस्ने व्यवस्थापिका–संसद् पनि सुचारु हुनेछैन । नेकपा एमालेका शीर्ष नेताको शनिबार सिँहदरबारमा बसेको बैठकले कुनै पनि हालतमा संसद् चल्न नदिने निष्कर्ष निकाल्दै सबै कानुनी उपाय खोज्ने निष्कर्ष निकालेको थियो ।