Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

संसदले प्रधानमन्त्री छनोट प्रक्रिया अघि बढायो

Saturday, June 3, 2017 National Power

२० जेठ, काठमाडौं – व्यवस्थापिका संसदले प्रधानमन्त्री छनोट प्रक्रिया अघि बढाएको छ । सहमतीय सरकार निर्माणको प्रयास असफल भएपछि संसद सचिवालयले कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो ।

सभामुख ओनसरी घर्तीमगरले शुक्रबार ठूला दलका प्रमुख सचेतक र दोस्रो तहका नेताहरुसँगको परामर्शपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन् । सभामुखको निर्देशन अनुसार सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयन र आइतबार निर्वाचन हुँदैछ ।शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको मनोनयनका लागि उम्मेदवारी दर्ता गर्ने समय संसद सचिवालयले दिएको छ ।

उम्मेदवारको नामावली शनिबार साँझ ४ बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ ।नयाँ प्रधानमन्त्रीको निर्वाचन आइतबार बिहान ११ बजेका लागि तय गरिएको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समयमा सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको हो ।

प्रधानमन्त्रीका लागि कांग्रेस–माओवादी गठबन्धनले शेरबहादुर देउवालाई अघि सार्ने तयारी गरेका छन् । देउवालाई अन्य साना पार्टीको समेत साथ रहेको छ । एमालेबाट भने उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा छ । यद्यपि, एमालेले यसबारे औपचारिक निर्णय लिइसकेको छैन ।