Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

प्रहरीको कुटपिटबाट पाँचजना घाइते

Friday, June 2, 2017 National Power

१९ जेठ, धादिङ – जोगिमारा प्रहरी चौकीमा गिरफ्तारीपछि राखिएका पाँच जना युवालाई प्रहरीले कुटपिट गर्दा उनीहरु घाइते भएका छन् । एउटा गाडीचालकसँग भएको विवादपछि गाडीचालक कुटिएको र सोही आधारमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

बेनिघाट रोराङ ७ निवासी २३ वर्षका निर्मल नेपाल, ४५ वर्षका केष्ण गुरुङ, ३३ वर्षका सूर्य चेपाङ १७ वर्षका सन्तोष यादव, १७ वर्षका अंकित तामाङलाई जोगिमारा स्थित प्रहरी चौकीमा कुटपिट गरि घाइते भएको पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा बिहीबार उजुरी गरेका छन् ।

सोही स्थानको गुडलक होटलमा खाजा खाएका एउटा गाडीको चालकसहितले २ हजार ४ सय रुपैयाँ नतिरी हिँडेको र सोही गाडी चालकलाई युवाहरुले गाडी छेकेर कुटपिट गरेपछि घटनास्थल पुगेको प्रहरीले पाँचजनालाई बुधबार राति पक्राउ गरेको थियो ।

प्रहरीले गिरफ्तार गरिएपछि जोगिमारा प्रहरी चौकीमा लगेर बाँसको भाटाले कुटेको पीडितहरुको आरोप छ । प्रहरी नायव निरक्षिक राजु पौडेलको नेतृत्वमा रहेको प्रहरीले कुटपिट गरि घाइते पारेकोले प्रहरीलाई कारबाहीको माग गर्दै उनीहरुले उजुरी गरेको बताएका छन् ।