१९ जेठ, जनकपुर – जनकपुरमा रिक्सामा छुटेको यात्रीको १ लाख ६६ हजार २ सय रुपैयाँसहितको झोला रिक्साचालकले प्रहरीको जिम्मा लगाएका छन् ।
बिहीबार जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वर बस्ने सुमितकुमार यादवले आफ्नै रिक्सामा कसैले छुटाएको रकमसहितको झोला प्रहरीलाई बुझाएका हुन् ।
बिहीबार दिउँसो ११ बजेको समयमा सुमितले जनकपुरमा चलाउने ज १ स ९२५ नम्बरको अटो रिक्सामा धनुषा कमला सिद्धी गाउँपालिका ३ बस्ने आशादेवी यादवको १ लाख ६६ हजार २ सय रुपैयाँ सहितको झोला रिक्सामा छुटेको थियो । कपिलेश्वरबाट चढेर आउने क्रममा भानुचोकमा आफै ओर्लि उनले झोला विर्सेका थिए । लगतै आशादेवीले प्रहरीमा आफ्नो झोला रिक्सामा छुटेको जानकारी गराएका थिए । सुमितले एक जना यात्रुको झोला छुटेको छ । तर त्यसमा के छ आफूलाई थाहा नभएको बताउँदै प्रहरीलाई झोला जिम्मा लगाएका हुन ।