Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

प्रहरीद्धारा निर्वाचन विरोधी दुई व्यक्ति पकाउ

Thursday, June 1, 2017 National Power

१८ जेठ, भोजपुर – भोजपुरमा निर्वाचन विरोधी गतिविधि गरेको भन्दै दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरुले पौवादुङ्मा गाउँपालिका–४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा बोर्ड लेखेपछि पक्राउ गरिएको भोजपुरका प्रहरीले जनाएको छ । उनीहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, आफ्ना कार्यकर्ता पकाउ परेपछि नेपाल कम्युनिस्ट पार्टीले बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति निकालेको छ ।