Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विद्युतीय मोटरबाट करेण्ट लागेर एकको मृत्यु

Thursday, June 1, 2017 National Power

१८ जेठ, सिरहा – सिरहाको लहान नगरपलिका– १७ स्थित गोविन्दपुरमा बुधबार साँझ विद्युतीय मोटरबाट करेण्ट लागेर लागेर एक महिलाको मृत्यु भएको छ। साँझ खेतमा पानी लगाउन पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेण्ट लाग्दा स्थानीय ५५ वर्षीया कनीदेवी चौधरीको मृत्यु भएको हो। करेण्ट लागेकी चौधरीलाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। मृतक चौधरीको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ। दुई दिनयता सिरहामा विद्युतीय मोटरबाट करेण्ट लागेर दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।