Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

रमजान पर्व मनाउदै सानिया

Wednesday, May 31, 2017 National Power


१७ जेठ, काठमाण्डौँ – नेपाली चलचित्र क्षेत्रमा मुस्लिम समुदायको उपस्थिती न्युन रहेको छ । त्यसमाथि पनि मुस्लिम महिलाको उपस्थितलाई हेर्ने हो भने एकाध भन्दा भेटिन मुस्किल छ । उसै त मुस्लिम समुदायमा महिलाहरुलाई निश्चित परिधी भित्र राख्ने गरिन्छ यस्तो अवस्थामा नेपाली चलचित्र क्षेत्रमा महिलाको उपस्बिथती न्युन हुनलाई सामान्य रुपमा लिन सकिन्छ । तथापी यस क्षेत्रमा संर्घषरत मुस्लिम महिलाहरुले आफ्नो समुदाय,परिवार,परिवारका विरोधका बाबजुत पनि यस क्षेत्रमा स्थापित हुन कोशिसमा रहेका छन ।आफ्नो धर्म संस्कृतीलाई जगेर्ना गर्दै चलचित्र क्षेत्रमा स्थापीत हुने कोशिसमा रहेकी कलाकार मध्ये एक हुन सानिया खान । चलचित्र कुइनेटोबाट नेपाली रजतपटमा प्रवेश गरेकी सानीयाले केहि म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन ।
यति बेला मुस्लिम समुदायले एक महिनासम्म मनाइने महान पर्व रमजान मनाइरहदा कलाकार सानिया खानले चाही कसरी मनाईरहेकी छन त भन्ने जिज्ञासा राखेका थियौँ । उनका अनुसार रमजान शुरु भएदेखि नसकिएसम्म एक महिनाको अवधिभरी रोजा बस्ने, दैनिक नमाज पढ्ने, रातिको समयमा एक छाक शुद्ध भोजन गरी मनाउने गरेको बताइन । उनका अनुसार कर्मको हिसावमा जस्ले जेस्तो गरे पनि धर्म र संस्कृतिको हिसावमा रमजानलाई मुस्लिमहरुले अत्यन्तै श्राद्ध पुर्वक मनाइरहेका हुन्छन् ।
रमजानको अवधिभरी कुनैपनि महत्वपूर्ण कार्य गर्नुभन्दा पहिला धर्ममा केन्द्रित हुने गरेको सानिया बताउछिन ।

रमजान पर्वको अवसरमा सबै मुस्लिम समुदायहरुमा नेशनल पावर न्युज डट कम परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौ ।