Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित

Wednesday, May 31, 2017 National Power

१७ जेठ, काठमाडौं – नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भरतपुरमा स्थगित भएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद बैठक चल्न नदिएको हो ।

एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना सुरु गर्न माग गरेका छन ।

उनले यस्तै गरी हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यात्ने हो भने देशैभरिको मत परिणाम सार्वजनिक नहुने र पाँच वर्षसम्म चुनाव भइरहने बताए । मतगणना सुरु नगरी मतदान गर्ने निर्णय गरिए एमाले आफैले देवी ज्ञवाली मेयरमा निर्वाचित भएको घोषणा गरी अघि बढ्न वाध्य हुने पाण्डेको भनाई थियो । संसदमा आज अस्ति सोमबार प्रस्तुत गरिएको बजेटमाथि छलफल हुने कार्यसूचि थियो ।