Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

बस र ट्रिपर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु

Wednesday, May 31, 2017 National Power


१७ जेठ, मकवानपुर – मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ६ मा बस र ट्रिपर एकआपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाका लागि छुटेको ना ५ ख ६१२३ नम्बरको बस र हेटौंडाबाट चितवनतर्फ छुटेको ना ४ ख ८३ नम्बरको ट्रिपर ठोक्किएको हो । दुर्घटनामा ज्यान गुमाउने दुवै जना र घाइतेहरु बसका यात्रु रहेका प्रहरीले जनाएको छ ।

संखुवासभाका २९ वर्षका केशबहादुर लामा र भारत कमैयाका ३० वर्षका मोहम्मद सलाउद्दिनको ज्यान गएको छ । घाइते ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।