१७ जेठ, नवलपरासी – तराई मधेस फोरमले जिल्लाको रामग्राम नगरपालिकामा तेस्रो लिगीं गीता सैंथवारलाई नगरप्रमुखको उम्मेदवार बनाउने भएको छ। पार्टीले सैंथवारलाई प्रमुखको उम्मेदवारमा चयन गरेको पार्टीका जिल्ला अध्यक्ष दीपचन्द्र कौशलले बताए। लिंगका आधारमा हुने भेदभाव कम गर्न र सामाजिक लाञ्छनाविरुद्ध जागरण ल्याउन तेस्रो लिंगीलाई नगरप्रमुखको उम्मेदवारमा अवसर दिइएको हो। बर्दघाट नगरपालिकामा पनि तेस्रो लिंगीलाई नै उम्मेदवार बनाउनेबारे छलफल भइरहेको कौशलले बताए। फोरमले जिल्लाका ३ वटै नगरपालिका र ४ गाउँपालिकामा उम्मेदवारी दिने जनाएको छ। रामग्राम नगरपालिका –७ उजैन घर भएकी गीता लोकप्रिय र सक्षम उम्मेदवार भएको पार्टीले दाबी गरेको छ।