Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

नेपाल चलचित्र संघले अमेरिकामा अवार्ड गर्दै

Tuesday, May 30, 2017 National Power

१६ जेठ, काठमाण्डौ – नेपाल चलचित्र संघले स्थापना काल देखि नै नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार, सम्बद्र्धन एवं प्रवद्र्धनको लागि विभिन्न किसिमका क्रियाकलापहरु गर्दै आइरहेको छ ।नेपाल चलचित्र संघले नेपाली चलचित्र क्षेत्रमा कार्य गर्दै आइरहेको चलचित्रकर्मीहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत केही वर्षदेखि नेपाल मोशन पिक्चर्स एसोसियसन अवार्ड गर्दै आईरहेको थियो तर यस अवार्ड कार्यक्रमले निरन्तरता भने पाउन सकेको थिएन ।

आज संघको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल चलचित्र संघले पुनः चलचित्रकर्मीहरुको समान र प्रोत्साहनको लागि नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा समेत पहिचान गराउन र नेपाली चलचित्रको बजार विस्तारमा समेत योगदान पुर्याउने उद्देश्यले NEMPA FILM AWARD 2017 अमेरिकामा गर्न गइरहेको व्यहोरा जानकारी गराएको छ ।

१८ विधा र १ जनालाई Life Time Achievement Award बाट सम्मान गर्ने NEMPA FILM AWARD 2017 अमेरिकाको DABS Entertainment संगको सहकार्यमा आगागी २०१७ सेप्टेम्बरको दोश्रो साता Dallas, Texas, USA मा भव्यताका साथ सम्पन्न गर्ने लक्ष्य लिएको वताईएको छ ।

सो अवसरमा अमेरिकामा रहेका नेपाली चलचित्रका पारखी र नेपाली चलचित्रकर्मी बीच एक अन्तरक्रिया समेत गरिने र सो समारोहमा नेपालबाट करिव ४० जना चलचित्रकर्मीको सहभागिता रहनेछ पनि पत्रकार सम्मेलनमा वताईएको छ ।

यसै गरी NEMPA FILM AWARD 2018, Kgarira.com अष्ट्रेलियाको सहकार्यमा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न हुने गरि संघले कार्यक्रमलाई अघि वढाएको जानकारी गरायो भने । आउँदा वर्षहरुमा पनि सो अवार्डलाई निरन्तरता दिइने वताईएको छ । अमेरिका र अष्ट्रेलियामा अवार्ड सम्पन्न गर्न सहकार्य गर्ने DABS Entertainment USA र Kgarira.com अष्ट्रेलियाको सहकार्यमा NEMPA FILM AWARD 2018 अष्ट्रेलियाको सिड्नीमा सम्पन्न हुने जानकारी सो पत्रकार सममेलनमा गराईएको थियो ।

यसै गरी यसै वर्षदेखि नेपाल चलचित्र संघले विद्यार्थीबीच नेपाली चलचित्रको बारेमा बहस र छलफलको वातावरण बनाउँदै विद्यार्थीहरुलाई नेपाली चलचित्रप्रति अभिरुचि जगाउने उद्देश्यले चलचित्र क्षेत्रमात्र समेटिएको सिने क्वीज र मुभि अफ द मन्थ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सिने क्विज लाई क्यू एफ् एक्स् प्रायोजन गर्ने जानकारी गराएको छ । सो प्रतियोगितालाई क्यूएफएक्स सिने क्वीज नामकरण समेत गरिएको जानकारी संघले गराएको छ । यसै गरी सो प्रतियोगिता ३ चरणमा गरिनेछ । प्रथम चरणमा पूर्वाञ्चल (नारायणी नदी पूर्व) ८ जिल्ला, पश्चिामाञ्चल (नारायणी नदी पश्चिम) १० जिल्ला, उपत्यकका ४ जिल्लाका विभिन्न कलेजहरुबीच सम्पन्न गरिनेछ ।

दोश्रो चरणमा पूर्वाञ्चलका ८ जिल्लाका ८ टिम बीच पूर्वाञ्चल स्तरीय र पश्चिमाञ्चलका १० जिल्लाका १० टिम बीच पश्चिमाञ्चल स्तरीय उपत्यकाका ४ जिल्लाका ४ टिम बीच उपत्यका स्तरीय प्रतियोगिता सम्पन्न हुनेछ । अन्तिम चरणमा काठमाण्डौमा पूर्वाञ्चलका २ टिम पश्चिमाञ्चलका २ टिम र काठमाण्डौको १ टिम गरी ५ टिम बीच अन्तिम प्रतिस्पर्धा गराई विजेता घोषणा गरिने जनाईएको छ ।

यसैगरी विद्यार्थी र चलचित्रकर्मीबीच प्रत्यक्ष भेटघाट गराउने उद्देश्यले १० कलेजका ४० विद्यार्थी (२० छात्रर २० छात्रा) का विच नेपाली चलचित्र प्रदर्शन गरिने र सो चलचित्र प्रदर्शन पश्चात् प्रदर्शित चलचित्रका नायक, नायिका, निर्देशक र निर्माताहरु बीच अन्तरक्रिया गरिनेछ । मुभि अफ दि मन्थ र नेपाल फिल्म सोसाइटिको सहकार्यमा हरेक महिना नेपाल चलचित्र संघको प्रेक्षालयमा प्रदर्शन गरिने जानकारी पत्रकार भेटघाटमा गराईएको थियो ।

साथै NEMPA FILM AWARD 2017 USA का लागि २०७३ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरु यही जेष्ठ मसान्तसम्म नेपाल चलचित्र संघको कार्यलयमा दर्ता गरी सहयोग गर्नु हुन सम्पूर्ण निर्माताहरुलाई आव्हान समेत संघले गरेको छ ।

  •  नेशनल पावर न्यूज न्यूज डेक्स