Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जथाभावी बाटो काट्ने ५८ जनालाई कारवाहीमा परे

Tuesday, May 30, 2017 National Power

१६ जेठ, काठमाण्डौँ – ललितपुरमा जेब्रा क्रसिङ नभइ जथाभावी बाटो काट्ने ५८ जना कारबाहीमा परेका छन् । ३० जनालाई २ सय रुपैयाँ जरिवाना तिराइएको र अरु पैसा नहुने २८ जनालाई सचेतना कक्षा दिइरहेको ललितपुरका ट्राफिक प्रहरीले जानकारी दिए । जरिवाना वापतको पैसा नहुनेलाई ३ घण्टासम्म सचेतना कक्षामा राखिन्छ । उनका अनुसार दुर्घटनाको जोखिम भएका ठाउँमा बिहानैदेखि ट्राफिक प्रहरी खटिएका छन् । ट्राफिक प्रहरीले कारबाही थाल्नु अघि डेढ महिनासम्म जथाभावी बाटो नकाट्न सम्झाईबुझाई गरेको थियो ।  सडकको छेउमा जथाभावी बाटो काट्दा हुने दुर्घटनाका कारण काठमाडौं उपत्यकामा ४० प्रतिशतको ज्यान जाने गरेको पाइएको छ ।