१६ जेठ, काठमाडौं – पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस आज बिहान तनहुँमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौंतर्फ आइरहेको ग १ ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस आज बिहान ६ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते १३ मध्ये ४ को अवस्था गम्भीर छ । घाइतेको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।
२० यात्रु बोकेको माइक्रोबस अनियन्त्रित भई पल्टेको र माइक्रोबस सडकबाट केहि तल खसेको प्रहरीले जानकारी दिए । दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।